सरकारका गलत कामकारबाहीविरुद्ध खरोरुपमा उत्रन केपी ओलीको निर्देशन
ललितपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका गलत कामकारबाहीविरुद्ध खरोरुपमा उत्रन निर्देशन दिएका छन् । आज पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा अध्यक्ष ओलीले पार्टी केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरूलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।