उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु, नतिजा केहीबेरमै आउने
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतगणना सुरु भएको हो । केही बेरमै नतिजा आउने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ ।