काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मानिस पाउनै मुस्किल भएको बताएका छन् ।
बिहीवार भक्तपुरमा पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताए ।
उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टी भन्दा फरक पहिचान स्थापित गर्ने बताए । उनले देशमा भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।
अध्यक्ष भट्टराईले पार्टीको मुख्य कार्यदिशा भनेको राजनीतिक कार्यदिशा भएको बताए ।



















