काठमाडौँ । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग बिहान साढे ११ बजे आयोगको कार्यालयमा पाँच विषयमा छलफल हुने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
प्रवक्ता पौडेलका अनुसार निर्वाचन कार्यालयको खारेजी सम्बन्धमा, निर्वाचन कानुनको विधेयक सम्बन्धमा, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन सम्बन्धमा, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन सम्बन्धमा र दलको लेखा तथा लेखापरीक्षण सम्बन्धमा छलफल हुने छ ।
आगामी आर्थिक वर्षको बजेट भाषणमा सबै जिल्ला निर्वाचन कार्यालय खारेज गरिने उल्लेख गरिएपछि आयोग असन्तुष्ट बनेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गरी उक्त निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने भनेको निर्वाचन आयोगले आज यस विषयमा दलहरूसँग छलफल गर्न लागेको हो ।