संसद भवन निर्माणमा आर्थिक भार बढ्दै, निर्माणको प्रगतिप्रति सभामुख असन्तुष्ट
काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवनको प्रगतिमा असन्तुष्टि जनाएका छन् । बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन ।