
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवलीकरण गरी पुनःर्निर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यकक्षबाट काम गर्न सुरु गरेका छन् ।
विसं २०७२ को भूकम्पले क्षति पुगेको उक्त भवनको पुनःर्निर्माण सम्पन्न भएपछि बुधबार प्रधानमन्त्री प्रचण्डले सोही भवनबाट काम गर्न सुरु गरेका हुन ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको पछिल्लो भागबाट अघिल्लो भागमा सरेको र कामको प्रकृति पनि नयाँ ढंगले अघि बढ्ने संकल्प गरेका छन् । १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिपछि रेट्रोफिटिङ पूरा भएको उनले बताएका छन् ।
उनले पुनर्निर्माणमा सहयोग गर्ने सवैलाई धन्यवाद दिदै नयाँ शुभारम्भले नयाँ गति पक्रने र एकतावद्ध हुन मद्दत पुग्ने धारणा राखेका छन् ।




















