कांग्रेस विधि र विधान अनुसार चल्नुपर्छः उपप्रधानमन्त्री सिंह
तनहुँ । नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुसार चल्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज (शुक्रबार) दमौलीमा आयोजना गरेको स्वागत एवं भेटघाटमा उनले सिंहले पार्टी विधि र विधानअनुसार नचल्दा समस्या हुने गरेको बताएका हुन्।