काठमाडौं । नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा कार्यक्रमका लागि नेकपा एमाले समर्थित युवाहरू शुक्रबार बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयअगाडि ठूलो संख्यामा भेला भएका छन्।
एमालेले आज माइतीघर मण्डलाबाट नयाँ बानेश्वर हुँदै बबरमहलस्थित कार्की बैंक्वेटसम्म मार्चपास गरेर औपचारिक रुपमा भोलेन्टियर फोर्स घोषणा गर्ने कार्यक्रम तय गरेको छ।
तर जेन-जी घाइतेहरू अवरोध पुर्याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका छन् । मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्यालीको नेतृत्व गरेका छन् ।
एमालेले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्यले फोस गठन गरिएको जनाएको छ ।
माइतीघर क्षेत्रमा यसअघि नै जेन–जी आन्दोलनका घाइतेहरू सडकमा धर्ना बसेपछि वातावरण तनावपूर्ण बनेको छ।
स्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मीको ठूलो टोली परिचालन गरिएको छ। धर्नामा बसेका जेन–जी घाइतेहरूले आफूहरूको न्यायको संघर्ष यथावत् रहेको बताएका छन्।
























