कांग्रेस महाधिवेशन विवादबारे निर्वाचन आयोग : नजिकबाट हेरिरहेका छौँ, तर हस्तक्षेप गर्दैनौँ
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्र चर्कँदै गएको महाधिवेशनसम्बन्धी विवादलाई नजिकबाट निगरानी गरिरहेको भए पनि त्यसमा हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले कांग्रेसको महाधिवेशन विवाद राजनीतिक दलको आन्तरिक विषय भएको बताएका