काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा जित्ने कुनै आधार नरहेको दाबी गरेका छन् ।
जेन–जी आन्दोलनको क्रममा सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत देशभरका सार्वजनिक तथा निजी सम्पत्ति जलाउने एउटा स्टेकहोल्डरको रुपमा सो पार्टी रहेकाले पनि सो पार्टीको कुनै भविष्य समेत नरहेको उनको जिकिर थियो । मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले कुनै वैचारिक र राजनीतिक स्पष्टता नभएको सो पार्टीले स्थापित राजनीतिक दलहरुको विरोध गरेर केही दिनका लागि चर्चाको आएको मात्रै बताए । उनले केही दिनका लागि जनतालाई बैकल्पिक शक्ति भनेर सो पार्टीले भ्रम दिए पनि अव नटिक्ने बताए ।
उपाध्यक्ष थापाले रास्वपालाई अस्थिर राजनीतिक दलको रुपमा समेत चित्रण गरे ।


















