काठमाडौं । प्रदेश सभा सदस्य र पालिका प्रमुखले पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएर रिक्त रहेका स्थानमा ६ महिनाभित्र निर्वाचन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
मंगलवार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रिक्त रहेका स्थानमा सरकारको सल्लामा ६ महिनाभित्रै निर्वाचन गरी पदपूर्ति गरिने जानकारी दिए । उनले प्रतिनिधि सभा निर्वाचन लगत्तै रिक्त स्थानीय तह तथा प्रदेश सभा क्षेत्रमा निर्वाचन गरिने बताए ।
उनले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्न सरोकारवाला सबैमा आग्रह पनि गरे ।




















