आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउँछौंं : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएको छ । आज रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुभएका उहाँले सो घोषणा गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ ।