राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गर्नुभयो । अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।