बुटबल । नेकपा एमालेले शंकर पोखरेललाई नै लुम्बिनी प्रदेशको मुख्यमन्त्री फेरि बनाउने निर्णय गरेको छ । आज बसेको नेकपा एमाले संसदीय दलको बैठकले पोखरेललाई नै पुन: मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।
उहाँले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम नयाँ सरकार गठन गरिने जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आजै पोखरेलले शपथ लिने उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सदस्य मुक्त भएपछि अहिले प्रदेशसभामा ८१ जना सांसद छन् । त्यसमा एमाले एक्लैका ४१ जना रहेका छन् ।