काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे कोरोना महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
विगत केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने भनिरहेका सन्दर्भमा त्यसबारे प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुहुने बताइएको छ ।
त्यसैगरी प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठकसमेत राख्नुभएको छ ।
हिजो आइतबार मन्त्रिपरिषद् बैठक बसी शाख २७ गते आफूले विश्वासको मत लिने जानकारी गराउनुका साथै निषेधाज्ञालगायतका विषयमा निर्णय गराउनुभएका प्रधानमन्त्री ओलीले राख्नुभएको बैठकले केही विशेष निर्णय गर्न सक्ने बताइएको छ।