काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन नसकेकाले यसविरुद्धको लडाइँमा स्वयंसेवक भएर खटिन पार्टी पंक्तिलाई अपील गर्नुभएको छ । सत्तारुढ नेकपा एमालेको आइतबार दिउँसो प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको अध्यक्षतमा बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
स्थायी कमिटी बैठकमा कोभिड–१९ संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारहरु, शैय्याहरु, खोप, उपकरण, अक्सिजन तथा अत्यावश्यक औषधिहरुको तत्काल थप प्रबन्धन गर्ने विषयमा छलफल भएको एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभएको छ । यसका साथै कोभिड–१९ महामारीको यो विषम् परिस्थतिमा अन्य तयारीहरु पनि तीव्ररुपमा अघि बढाउने निर्णय बैठकले गरेको छ ।