‘असारे विकास सधैँका लागि अन्त्य होस्’
काठमाडौँ । राष्ट्रियसभाका सांसदले असारे विकासलाई सधैँका निम्ति अन्त्य गर्ने गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शान्तिकुमारी अधिकारीले वर्षायाममा गरिएको काम विकास नभई विनाश हुने बताउँदै असारे