काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डे नेपाली काँग्रेसको सहमहामन्त्रिमा विजयी हुनुभएको छ । युवा नेता पाण्डे कोइराला टिमबाट विजयी २४ सय ११ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
युवा नेता पाण्डेले देउवा टिमका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्नुभएको हो । पराजित शाहीले २१ सय ३३ मत प्राप्त गर्नुभयो ।
सहमहामन्त्रीमा निर्वाचित पाण्डेले बाजुराको जिल्ला अधिवेशनमा देउवाको विरासत भत्काउने मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । बाजुरामा देउवाको विरासत भत्काएर उहाँ केन्द्रमा पनि कोइराला टिमबाट अर्थात् देउवाको विपक्ष टिमबाट सहमहामन्त्रीमा विजयी हुनुभएको छ । बाजुरा घर भएका पाण्डे देशमै काँग्रेसभित्र युवा पुस्ताका बलियो नेताका रुपमा स्थापित हुनुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले बाजुरामा युवा पुस्ताको मूल एजेण्डा बेथितिको अन्त्य र सत्ता हस्तान्तरण भएकाले आफ्नो उम्मेद्वारी महामन्त्रीमा रहने बताउनुभएको थियो । फलस्वरुप उहाँले देउवाको दबदबा र उहाँका प्रतिस्पर्धी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पाखा लगाउन सफल हुनुभएको छ ।
सहमहामन्त्रीमा निर्वाचित भएपछि नेता पाण्डेले पार्टीलाई विधि विधानमा सञ्चालन गर्न कार्यकर्ताको हितमा सधै लागिरहने प्रतिक्रिया दिनुभयो ।