काँग्रेसमा बढ्दै कलह
काठमाडौं । महाधिबेशनको बिषयलाई लिएर नेपाली काँग्रेस भित्रको आन्तरिक बिवाद सतहमा आउन थालेको छ । साँढे चार वर्ष अघि सम्पन्न १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका शेरबहादुर देउवाले बिधानअनुसार पार्टी संचालन गर्न नसेकोमा उनको चर्को आलोचना हुँदै आएको छ ।