लमजुङ । नेकपा (एमाले) लमजुङको ८औँ जिल्ला अधिवेशन आजदेखि सुन्दरबजारमा सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका जिल्ला अधिवेशनकाे एकसाथ उद्घाटन गर्नुहुने कार्यक्रम छ । लमजुङमा त्यसपछि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
बन्दसत्र भाेलिबाट जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने नेकपा एमाले लमजुङका सचिव शुभाष पौडेलले बताउनुभयो । बन्द सत्रमा प्रतिनिधि, पर्यवेक्षक र आयोजकगरी करिब ६ सय जनाको सहभागिता रहनेछ ।