भूमि आयोग विघटनको फाइल झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने देउवा सरकारको साउन १९ गतेको निर्णय फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको इजलासले सोमबार आयोग विघटनसम्बन्धी निर्णयसँगै नयाँ आयोग गठन आदेश र नयाँ पदाधिकारी