हुम्ला । नेकपा एमालेको जिल्ला अधिवेशनका लागि हुम्लामा प्रतिनिधि छनोट सम्पन्न भएको छ । एमालेको जिल्ला अधिवेशन शुक्रबार हुँदै छ । यसका लागि हुम्लाले अधिवेशन छनोट सम्पन्न गरेको हो ।
४४ वटा वडा रहेको हुम्लामा लिमीबाहेक पार्टीको सदस्यको अनुपातको संख्याको आधारमा प्रतिनिधि छनोट कार्य सम्पन्न भएको एमाले जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।
अदानुलीबाट २२, चंखेलीबाट १४, ताजकोटबाट २१, सर्केगाड गाउँपालिकाबाट ३०, खार्पुनाथबाट १३, सिमकोटबाट १८ र नाम्खाबाट ६ जना शुक्रबार हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् ।
पार्टीकाको संगठित सदस्यका आधारमा गाउँपालिकाबाट छनोट भएको र १३ जना जिल्ला कार्य समितिले मनोनीत गरेको पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।
एमाले जिल्ला कमिटी बैठकले ४० जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि र दलितका लागि ३० जना बराबर एक जना प्रतिनिधि छनोट हुने मापदण्ड निर्धारण गरेको थियो ।
अधिवेशनका लागि ३३ प्रतिशत महिला प्रतिनिधि र १३ प्रतिशत दलित प्रतिनिधि छनोट भएका छन् । प्रतिशत उल्लेख नभए पनि युवा र जनजातिको संख्या पनि प्रतिनिधिमा राम्रो छनोट भएको एमालेले जनाएको छ ।