कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, विशेष महाधिवेशन पक्षधरद्वारा बहिष्कार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ। मंगलबार दिनभर बस्न नसकेको बैठक बुधबार बिहानका लागि बोलाइएको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।