
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ।
तीन दिने नेपाल भ्रमणमा रहेका कपुरले मंगलबार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा खनालसँग भेट गरेका हुन्। भेटमा नेपाल–अमेरिका सम्बन्ध तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
यसअघि सोमबार नेपाल आएका कपुरले सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग भेट गरेका थिए। आजै उनले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेट गर्ने कार्यतालिका रहेको जनाइएको छ।




















