एमसीसी सम्झौताका सम्बन्धमा एमाले सांसद भीम रावलले संसदमा राखेको धारणा (पूर्णपाठ)
सम्माननीय सभामुख महोदय ! राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई यस्तो होहल्ला र गञ्जागोल वातावरणमा छलफलका लागि पेश गरिनु आपत्तिजनक छ । सम्झौता नेपालको संविधानको धारा २७९ विपरीत प्रतिनिधिसभामा पेश भएको छ । कम्प्याक्ट सम्झौतासम्बन्धी अरु एक दर्जन सम्झौतासमेत यहाँ वितरण गरिनुपर्छ