काठमाडौँ । पूर्वअर्थमन्त्री तथा एमाले सांसद सुरेन्द्र प्रसाद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिए पनि केही फरक नपर्ने जिकिर गरे । सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिए पनि एमालेले स्याबासी पाउने बताए । साथै उनले वृद्धभत्ता ५ हजार रुपैयाँ पु-याएको भए पनि राम्रो हुने बताए ।
उनले भने, ‘वृद्धभत्ता दिने उमेर जतिसुकै भए पनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाईँ ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् ।’
नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गर्दै गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै चुनाव भएदेखि गठबन्धनका दलहरु सबै छुट्टिने थिए भन्ने कांग्रेसले चाहेको बताए ।

























