पोखरा विमानस्थल चिनियाँ इन्जिनियरिङको उच्चतम नमुना : चीन
काठमाडौं । नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताएका छन् । पोखरामा आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको सपना रहेको पनि बताए ।