यातायात कार्यालयमा बिचौलियाको विगविगी
काठमाडौं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको विगविगी छ । प्रहरीले विभिन्न समयमा समातेर कारबाही चलाए पनि उनीहरूको चलखेल रोकिएको छैन । काठमाडौं उपत्यकास्थित यातायात कार्यालयमा मंगलबार गरिएको अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो ।