काठमाडौं । आज मंगलबार दिउँसो देशको तीनवटा प्रदेशको हिमाली भेगमा हिमपात हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मंगलबार रातको समयमा पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।