काठमाडौं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट÷स्रेडेड टुक्राहरु बिक्रीमा राखेको छ।
राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखिएको जनाएको छ ।
२ लाख ७५ हजार केजी ब्रिकेट सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्न लागिएको बैंकले जनाएको छ । इच्छुक व्यक्ति तथा संस्थाले मूल्य कबुल गरेर ४५ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ ।
ब्रिकेट बनाउन ‘बीएसबीएस’ (बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम) मेसिन प्रयोग गरिएको बताइएको छ।



















