रूपन्देही । अवैध असुली आरोपमा छानविन हुँदा ३५ तोला सुन र २५ लाख नगदसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई निलम्वन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिएका छन् ।
बुटवलका व्यापारीसँग सुन नियन्त्रणमा लिई रकम माग गरेको सूचना पाएपछि प्रहरी अनुसन्धान गर्न पुगेको टोलीले उनको निवासबाट ३५ तोला सुन र २५ लाख चेक तथा नगद भेटिएको थियो ।
कास्कीमा सरूवा भएका केसी यही विषय मिलाउन उता हाजिर भएका थिएनन् । सोमबार कास्की जाने तयारीमा थिए । तर आइतबार नै पक्राउ परे ।