पहिरोले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध
बलेवा । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो ।