सुर्खेत । नेकपा (एमाले)को कर्णाली प्रदेशको प्रथम अधिवेशन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू हुँदैछ । दिउँसो १ बजेबाट सिटी हलमा सुरु हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार अधिवेशनलाई अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनमा १० जिल्ला र मोर्चासंगठनबाट ६०४ जना प्रतिनिधि रहेका छन् ।
अधिवेशनको बन्द सत्र भोलि बिहीबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बन्दसत्रले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ । अधिवेशनले पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्सीय कमिटी निर्वाचित गर्ने बताइएको छ ।