हमास आक्रमणमा ज्यान गुमाएका चार नेपालीको शव आइतबार नेपाल ल्याइने
काठमाडौं । हमास आक्रमणमा ज्यान गुमाएका चार जना नेपालीको शव पर्सी आइतबार नेपाल ल्याइने भएको छ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाउन लगिएको जानकारी दिएको छ।