काठमाडौं । हमास आक्रमणमा ज्यान गुमाएका चार जना नेपालीको शव पर्सी आइतबार नेपाल ल्याइने भएको छ ।
इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाउन लगिएको जानकारी दिएको छ।
इजरायलबाट फ्लाई दुबईको विमान १:२५ मा उडान भर्ने दुबई ट्रान्जिट हुँदै चार जना नेपालीको शव आइतबार विहान काठमाडौं पुग्ने दूतावासले जनाएको छ।
अन्य शव पहिचानको क्रममा रहेकाले पहिचानपश्चात मात्रै शवहरू नेपाल पठाइने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




















