काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा.बद्री केसी विजयी भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य दुई प्रत्यासीलाई पराजित गर्दै डा. केसी निर्वाचित भएका हुन ।
आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
डा.केसी १ हजार ३७८ मत प्राप्त गरेर विजयी हुँदा अध्यक्षका अर्का उम्मेदवार आरके शर्माले १ हजार २८१ र महेश श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
डा। केसी एमालेनिकट हुन् । निवर्तमान तीन अध्यक्षमध्ये केसी कार्यकारी अधिकारयुक्त थिए । कांग्रेसनिकट महेश एनआरएनएको निवर्तमान उपाध्यक्ष थिए । अर्का प्रत्यासी शर्मालाई माओवादीको आशिर्वाद थियो । उनी पनि निवर्तमान उपाध्यक्ष हुन् ।
काठमाण्डौंस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनबाट उपाध्यमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा.विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन् ।
यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरेको बताइएको छ ।
यस्तै युवा उपाध्यक्षमा रोशन थापाले २४६८ मत प्राप्त गरेर विजयी हुँदा सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरेका छन् ।
संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भएका छन् भने महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका छन् ।
यस्तै उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) मतसहित विजयी भएका छन् ।
६ सचिव पदमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) विजयी भएका छन् ।
महिला सचिवमा टिक गुरुङ, राधिका (२३२०) विजयी भएकी छिन् भने सोही पदमा विमला सापकोटाले १५३९ मत मात्र प्राप्त गरिन् । संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरेका छन् ।
यस्तै सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सीना (२०१५), अभिमन्यू बस्नेत (२०८१) र तिलक प्रसाद गैरे (२२३२) मत प्राप्त गरेर विजयी हासिल गरेका छन् । यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् भने उनीकी प्रतिद्धन्द्धी तृष्णा शर्माले १५२२ मत प्राप्त गरेको बताइएको छ ।
यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरेका छन् ।