सपना प्रधान मल्ललाई फेरि कामु प्रधानन्यायाधीशको जिम्मेवारी
काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले पुनः कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश शर्माको अनुपस्थितिमा सर्वोच्च अदालतको नेतृत्व गर्ने जिम्मेवारी मल्ललाई दिइएको हो। उनी सर्वोच्च अदालतकी सबैभन्दा वरिष्ठ न्यायाधीश हुन्।