काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको १५ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान करिब साढे ७ बजे सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि यातायात एकतर्फी सञ्चालन गरिएको हो।
पहिरोका कारण सडकको एकतर्फी भाग अवरुद्ध रहेकाले सवारीसाधनलाई पालैपालो सञ्चालन गराइएको छ। लेदो तथा पहिरो पन्छाउने काम भइरहेको र सडकलाई पूर्णरूपमा दुईतर्फी सञ्चालनमा ल्याउन करिब एकदेखि डेढ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडकमा पहिरो खसेपछि सो क्षेत्रमा सवारीसाधनको आवागमन प्रभावित भएको छ।




















