काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १५ किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान सवा ९ बजेदेखि सडकमा यातायात दुईतर्फी सञ्चालनमा आएको हो।
यसअघि बिहान साढे ७ बजे सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी अवरुद्ध भएको थियो। लेदो पन्छाएर सडक खुलाइएसँगै अहिले सवारीसाधन दुवैतर्फ सहज रूपमा सञ्चालन भइरहेका छन्।




















