सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको वयान सकियो
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको वयान सकिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालासमा बिहीबार र शुक्रबार दुई दिन गरी रविको बयान लिइएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।