काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा उत्रिएका पदर्शनकारी र प्रहरीबीच नयाँ वानेश्वरमा घम्साघम्सी भएको छ ।
कुलमानका समर्थकहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । उनीहरूले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि घम्साघम्सी भएको हो ।
प्रदर्शनकारीले ‘लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन’, ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ लगायत लेखिएका ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।