काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् ।
भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका ६५ वर्षीय उप्रेतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार काठमाडौं महानगरपालिका–१६ स्थित वनस्थलिबाट पक्राउ गरेको बताइएको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो । उनीविरुद्ध दायर मुद्दामा सर्वोच्चले गत मंसिर १२ गते २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएपछि फरार थिए ।
उनलाई आज फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार कारागारमा चलान भएको सीआईबीले जनाएको छ ।