चितवन । त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ट्रक चालक रौतहटका रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै असुन्द्र कुमार यादव घाइते भएको प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनाको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले चालक र सहचालकलाई उद्धार गरी भरतपुर अस्पताल पठाएको थियो ।
चिकित्सकहरुले सहचालकलाई थप उपचारका लागि ७ः५० बजे नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरेका थिए भने चालकलाई ८ः२० बजे मृत घोषणा गरेका थिए ।
पूर्णरुपमा क्षतिग्रस्त ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।