राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिस्रीकाे शिष्टाचार भेट
काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । भेटमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताउनुभयो