काठमाडौं । अमेरिकाले थप ३५ नेपालीलाई डिपोर्ट गरेको छ । डिपोर्ट भएर काठमाडौं आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरु छन् भने एक जना विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार विद्यार्थी कलेजमा नवीकरण नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको छ । अर्का एक जना भने भिजिट भिसामा गएर काम गर्न थालेपछि पक्राउ परेर डिपोर्ट भएको पाइएको पंगेनीले बताएका छन् ।
बाँकी ३३ जना भने अवैध तरिकाले विभिन्न देश हुँदै स्थलमार्गबाट अमेरिका पुगेकाहरू रहेको र उनीहरुले दलाललाई ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ ।
फर्काइएकाहरू अधिकांशजसो रुकम÷दाङतिरका रहेको र उनीहरुले जाहेरी दिन नमानेको प्रहरीले जनाएको छ ।
राष्ट्रपति निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले अवैध रूपमा अमेरिका रहेका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरेका थिए । हालसम्म दुई सयभन्दा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएर नेपाल आएका छन् ।
























