भैरहवाबाट अलपत्र यात्रु ल्याउन निगमको विमान उड्यो
काठमाडौं । भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौं ल्याउन भनेर नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ । काठमाडौंबाट ८३ यात्रु लिएर ‘आरए १७३१’ उडान नम्बरको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थतर्फ गएको हो ।