पृथ्वी राजमार्गको आँबुखैरेनीमा सडक भासियो
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको पानीका कारण सडक भासिएपछि आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपराह्न ४ बजेतिर सडक भासिएको जानकारी दिए।