कपिलवस्तु । कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बनकसवासामा गएराति नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस सडकमा पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा, ३ जनाको आधारभूत अस्पतालमा र बाँकी ६ जनाको बुटवलमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरी टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो। दुर्घटनाको कारण भने अझै खुलेको छैन र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















