लुटिएका सामग्री फिर्ता गर्न संसद् सचिवालयको आग्रह
काठमाडौं । जेनजी युवाहरूको प्रदर्शनका क्रममा लुटिएका सामग्री फिर्ता गर्न संघीय संसद् सचिवालयले अनुरोध गरेको छ । सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना जारी गर्दै प्रदर्शनका बेला संसद् भवन परिसरबाट विभिन्न सामग्री अनधिकृत रूपमा लगिएको जानकारी आएको जनाएको छ