काठमाडौँ । आज वि.सं २०८३ वैशाख २४ गते, बिहीबार, ई.स. २०२६ मे ६, तिथि- जेठ कृष्णपक्ष पञ्चमी, ७ः१९ बजेपछि षष्ठी, नक्षत्र- पूर्वाषाढा, १६ः१० बजेपछि उत्तराषाढा, योग- साध्य, करण- तैतिल, चन्द्रराशि- धनु, सूर्योदय- ५ः२२, सूर्यास्त- १८ः४० ।
मेष : धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । रोकिएका कामहरू भाग्यको बलले बन्ने समय छ । लामो दूरीको यात्रा वा तीर्थाटनको अवसर जुट्न सक्छ । समाजमा मान-सम्मान बढ्ने र गुरुजनको आशीर्वाद प्राप्त हुनेछ ।
वृष : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ । खानपानमा गडबडीले पेटसम्बन्धी समस्या ल्याउन सक्छ । अप्रत्याशित खर्च वा झमेला आइलाग्ने सम्भावना रहेकाले महत्त्वपूर्ण निर्णयहरू आज थाती राख्नु नै बेस हुनेछ ।
मिथुन : जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ भने प्रेम सम्बन्ध थप प्रगाढ बन्नेछ । व्यापार-व्यवसायमा नयाँ सम्झौता वा साझेदारीको अवसर मिल्न सक्छ । दैनिक कार्यहरू उत्साहजनक रूपमा सम्पन्न हुनेछन् ।
कर्कट : विरोधीहरू आफैं शान्त हुनेछन् भने मुद्दा-मामिला वा विवादमा सफलता हात पर्ने योग छ । आर्थिक लेनदेन वा ऋण चुक्ता गर्न सहज हुनेछ । मिहिनेतको फल प्राप्त हुने र कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ ।
सिंह : बौद्धिक क्षमताको विकास हुने र नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । सेयर बजार, लेखन वा रचनात्मक क्षेत्रमा गरिएको प्रयासले राम्रो प्रतिफल दिन सक्छ ।
कन्या : घरायसी काममा व्यस्तता बढ्नेछ । परिवारका सदस्यहरूसँग स-साना कुरामा मतभेद हुन सक्ने भएकाले बोलीमा विचार पुर्याउनुहोला । जग्गाजमिन वा सवारी साधनसम्बन्धी काममा केही ढिलासुस्ती हुन सक्छ ।
तुला : पराक्रम र उत्साह बढ्नेछ । रोकिएका कामहरू आफ्नै पहलमा सम्पन्न गर्न सकिनेछ । दाजुभाइ तथा इष्टमित्रबाट आवश्यक सहयोग जुट्नेछ । छोटो तर उपलब्धिमूलक यात्राको सम्भावना देखिन्छ ।
वृश्चिक : आर्थिकपक्ष सबल रहनेछ । रोकिएको धन उठ्ने र नयाँ आम्दानीका स्रोतहरू फेला पर्ने योग छ । मीठो बोलीको प्रभावले महत्त्वपूर्ण कार्यहरू बन्नुका साथै पारिवारिक जमघटमा रमाउने अवसर मिल्नेछ ।
धनु : मनमा प्रसन्नता र शरीरमा स्फूर्ति छाउनेछ । नयाँ कामको थालनी गर्नका लागि समय अनुकूल छ । समाजमा तपाईंको व्यक्तित्वको प्रशंसा हुनेछ भने रुचिकर भोजनको अवसर प्राप्त हुनेछ ।
मकर : आम्दानीको तुलनामा खर्चको मात्रा बढ्नाले मनमा केही चिन्ता थपिन सक्छ । काममा ढिलासुस्ती र बिनाकारण यात्रा गर्नुपर्ने परिस्थिति बन्न सक्छ । स्वास्थ्य र विश्राममा पर्याप्त ध्यान दिनु आवश्यक छ ।
कुम्भ : व्यापार-व्यवसायबाट मनग्य लाभ हुनेछ । पुराना मित्रहरूसँगको भेटघाटले मन हर्षित तुल्याउनेछ । आम्दानीका नयाँ मार्गहरू खुल्नेछन् र लामो समयदेखिको रोकिएको इच्छा पूरा हुने सम्भावना छ ।
मीन : कार्यक्षेत्रमा विशिष्ट सफलता हात पर्नेछ । उच्च अधिकारी वा सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ । राजनीति, प्रशासन वा समाजसेवामा लाग्नेहरूका लागि पद र प्रतिष्ठा बढ्ने उत्तम समय छ ।




















