बैंक खाता खोल्न ज्येष्ठ नागरिकलाई सास्ती
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती भएको छ । भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने गरेको उनीहरूले गुनासो गरेका छन् ।